|

काठमाडौं : भारतीय चलचित्र ‘पठान’ आजदेखि विश्व भर रिलिज भएको छ। उक्त चलचित्र नेपालमा पनि आक्रामक रूपमा चलिरहेको छ। बलिउड अभिनेता शाहरूख खान अभिनित चलचित्र पठान हेर्न नेपाली कलाकारहरू पनि पुगेका छन्।

नायिका पूजा शर्माले त झन् हास्यास्पद सेलिब्रेसन नै गरेकी छन्। नेपाली चलचित्रलाई माया गरौँ भन्ने शर्माले ‘पठान’ हेरेपछि केक काटेकी हुन्।

बुधबारको फस्ट सो हेर्न पुगेकी शर्माले शाहरूख फ्यान क्लब ‘टिम एसआरके नेपाल’ले सुन्धाराको सिडीिसी सिनेमाजमा आयोजना गरेको शोमा केक काटेकी हुन्। शर्माले केक काटेका भिडिओ क्लिप्सहरू इन्स्टाग्राममा राखेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.