|

काठमाडौं :  अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार पाएका वैज्ञानिक महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सरकारले सहकार्य गर्ने भएको छ । 

राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि कहिले सरकारसँग पौँठेजोरी खेलेर र कहिले जनताको घरघरबाट दान लिएरचर्चामा आएका पुनलाई सरकारले एक करोड ५० लाख रुपियाँ दिने भएको छ।  

उद्योग मन्त्रालयले विज्ञप्ति निकालेर वैज्ञानिक  पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने जनाएको छ।  विज्ञप्तिमा विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने बताइएको छ।  यसैगरी तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेसिनको परीक्षण गरी त्यसको व्यावसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने उल्लेख छ।  

‘डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवर्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पुर्‍याउने कुरामा हामी विश्वस्त छौं’, विज्ञप्तिमा भनिएको छ।

वैज्ञानिक पुनले आविष्कार केन्द्र स्थापना लागि व्यक्तिगत पहलमा हालसम्म चार करोड रुपैयाँ  सङ्कलन भइसकेको र आफ्नो पैतृक सम्पत्ति बचेर सात करोड रुपियाँ पुग्ने जानकारी दिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.