|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विराेध प्रदर्शन गर्दै सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाको राजीनामा माग गरेकाे छ।

बुधबार जनक शिक्षामा कक्षा १ देखि ५ सम्मको नयाँ पाठ्यपुस्तक छपाइका लागि निजीलाई दिएको निर्णयविरुद्ध अनेरास्ववियुका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरी झाको राजीनामा माग गरेका हुन्।

उनीहरूले करिब ४५ मिनेट केन्द्रमा धर्ना दिएका थिए। जनक शिक्षा केन्द्रको गेट तोडेर भित्र जान खाेजेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो। शिक्षा सामग्रीमा चरम अनियमितता भएको भन्दै प्रबन्ध निर्देशक झामाथि अनुसन्धान गरिनुपर्ने र उनले राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

यसैगरी सरकारले पुस्तक छपाइका लागि निजीलाई दिएकाे निर्णय पनि तत्काल फिर्ता लिनुपर्ने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ५ सम्मको नयाँ पुस्तकको छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिने निर्णय गरेको थियो।

यसको विरोध हुन थालेको हाे। गत शुक्रबार रत्नराज्य क्याम्पससामु शिक्षामन्त्री शिशिर खनालले यो निर्णय अव्यवहारिक गरेको भन्दै उनको पुत्ला दहन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.