|

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ। 

निगमले भारतबाट पट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगम घाटामा रहेकाले मूल्य बढाइएको जनाएको छ। अनुमानित नोक्सानीको कारण देखाउँदै निगमले एलपी ग्यासको मूल्य घटेर आएपनि अहिलेको मूल्य यथावत नै राखेको छ।

साथै निगमले भारतीय आयल कोर्पोरेसनको वक्यौता तिर्न सरकार उपलब्ध गराएको ऋण व्यवस्थापन गर्न अझै चुनौती रहेकोसमेत जानकारी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.