|

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आजदेखि २८ औं संस्करणको क्यान इन्फोटेक शुरु हुँदैछ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा हुने मेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको महासचिव चिरन्जिवी अधिकारीले जानकारी दिए। 

यहि माघ २९ गते सम्म मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तरक्रिया गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। 

क्यान इन्फोटेकमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिनेछ। इन्फोटेकमा हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजकले जनाएको छ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई  १ सय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.