|

काठमाडौँ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपाललाई सहयोग गरेकामा बेलायत सरकारलाई धन्यवाद दिइन्।

बिदाइ भेट

आजै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत अदाम बुराकोवस्कीले बिदाइ भेट गरे।

यस्तै मन्त्री पौड्याल र युरोपेली आयोगकी अन्तरराष्ट्रिय साझेदारीका आयुक्त जुट्टा उर्पिलेननबीच पनि आज भेटघाट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.