|

काठमाडौँ : अबदेखि विदेशमा चिकित्सा शिक्षासम्बन्धी अध्ययन गर्न जाँदा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने प्रवेश परीक्षा पास गरेर मात्रै जान पाइने भएको छ।

चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै अबदेखि चिकित्सा शिक्षाअन्तर्गतको जुनसुकै तहको उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेर मात्रै जान पाइने भएको हो।

आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्लेले जारी गरेको सूचनामा भनिएको छ‚ 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ अनुसार नेपालबाट अन्य मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ।'

राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार प्रचलित कानुनअनुसार चिकित्सा शिक्षा आयोगलाई मात्र भएकाले आयोगबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र अन्य सिफारिस पत्र लिन आयोगले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.