|

काठमाडौं : बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमणबाट संक्रमित हुने बालबालिकाको संख्या ३२२ पुगेको छ।

संक्रमितमध्ये ३१७ जना बालबालिका संक्रमण मुक्त भइसकेका र ४ जना अझै उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।

खोप सुपरभाइजर श्रेष्ठका अनुसार हालसम्म एकजना बालकको मात्रै दादुरा संक्रमणबाट मृत्यु भएको छ।

हाल जिल्लाको जोखिममा रहेका ८ स्थानीय तहका १ लाख ६८ हजार ४०२ जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई पुस २२ गतेदेखि दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ।

पुस १२ गतेयता गत २४ घन्टामा भने बाँके जिल्लामा दादुराबाट संक्रमित नयाँबालबालिका नभेटिएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.