|

काठमाडौं : आर्थिक पत्रकार समाज सेजनले ६ पत्रकारलाई पुरस्कृत गरेको छ। समाजले आयोजना गरेको ‘सेजन अवार्ड’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ जना पत्रकारलाई अवार्ड प्रदान गरेका छन्।

अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई सेजनले अवार्ड प्रदान गर्दै आएको छ। सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडिया र रेडियो थाहा सञ्चारमा कार्यरत सहकर्मी माधव दुलाललाई प्रदान गरिएको छ।

अन्नपूर्ण पोष्टका ममता थापा र सुरेन्द्र काफ्लेले सेजन अवार्ड पाएका छन्। यस्तै ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टीभीका विनय बन्जरा, डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका कृष्ण आचार्यलाई दिइएको छ।

छापातर्फ टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको छ। सञ्जय न्यौपाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौसिला कुँवरले पाएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.