|

दाङ : दाङमा प्रहरीले बाल विवाह गराउने आमाबुवा र बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ  पर्नेमा घोराही उपमहानगरपालिका-२ रामपुर बस्ने २५ वर्षीय बेहुला सन्तोष परियार, बेहुलाकी आमा ४५ वर्षीया शर्मिला दमाईं, अंकल ३२ वर्षीय मोहन दमाईं र सोही ठाउँ बस्ने ४० वर्षीय सीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीबार  दिउँसो करिब साढे २ बजेतिर घोराही-१६ बरधन्नेस्थित १४ वर्ष कि नाबालिगको रामपुर-२ बस्ने २५ वर्षीय सन्तोष परियारसँग बाल विवाह भईरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले विवाह मण्डपमा बसेका बाल विवाह गर्ने गराउने नाबालिकाको बुवाआमा र बेहुलासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनीहरूलाई शुक्रबार बाल विवाहसम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुलुकी अपराधसंहिता २०७४ अनुसार, १७३  बाल विवाह गर्न नहुने र  विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने कानूनी व्यवस्था छ। यस्तै उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुने र उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.