|

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।

सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

सोमबार बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सहज बनापउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.