|

धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।

समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्।

 उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे। खनालले भने, 'अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन,' राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ। 'राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,' खनालले थपे,'त्यसका लागि सबै पार्टीहरूले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ।'

 उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे।  राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि? भन्ने जिज्ञाशामा खनालले चर्चा गरिदिएको धन्यवाद भने पनि थप जवाफ दिएनन्।

यस्तै उनले राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.