|

विराटनगर : प्रहरीले एक लाख रूपैयाँ बढीको अवैध मेडिकल सर्जिकल सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ।

आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा को १ ह १३२५ नम्बरको सिटीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको  मेडिकल सामग्रीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिटी चालक विराटनगर-१२ का ५६ वर्षीय शिवशंकर मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामग्री बरामद गरी सिटी र सिटीचालकलाई नियन्त्रणमा लिइएको हो।

‘अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामग्री बरामद गरीएको छ साथै सिटी र सिटीचालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा–१२ बस्ने वर्ष ५६ को शिवशंकर मण्डललाई नियन्त्रणमा लिइएको छ,’ डिएसपी कार्कीले भने, ‘पक्राउ परेको सामग्रीसहित मण्डललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.