|

पोखरा : सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता आजदेखि पोखरामा हुँदै छ।

प्रोफेसनल गल्फर्स एसोसिएन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा आजदेखि हिमालयन गल्फ कोर्स पोखरामा सुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

शनिबारसम्म चल्ने ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १४ एमेच्योर खेलाडीहरुको सहभागिता रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ४० हजार, उपविजेताले नगद ९० हजार र तेस्रो हुने खेलाडीले नगद ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.