|

काठमाडौं : भारतीय तरकारीमा विषादी परीक्षण नगरी नेपाल ल्याउन दिने सरकारी निर्णयको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। 

अनेरास्ववियुका विद्यार्थीहरूको समूहले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा सांकेतिक रुपमा तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्। 

विषादीयुक्त भारतीय तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने जानकारी हुँदा हुँदै परीक्षण रोकिएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु् र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुखद पक्ष भएको अनेरास्ववियुको निष्कर्ष छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.