|

विराटनगर : कोशी प्रदेशको नाम खारेजी गर्न माग राख्दै पहिचानवादी संघसंस्था सडक प्रदर्शनमा उत्रिएका छन्।

कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राखेर विराटनगर-१३ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअगाडि शुक्रबार प्रदर्शनमा  उत्रिएका हुन्।

उनीहरूले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान–किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए। प्रदेश १ को नामकरण पहिचानसहितको नराखे देशभरि आन्दोलन चर्काउने चेतावनी उनीहरूले दिएका छन्।

१७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेश १ को नामकरण कोशी प्रदेश गरेको घोषणा भएपछि पहिचानवादी संघसंस्थाहरू लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले नामकरण राख्ने दिन बुधबार पनि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका थिए।

उनीहरूले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.