|

विश्वमा सबैभन्दा बढी इन्टरनेट बन्द हुने सन्दर्भमा भारत लगातार पाँचौं वर्ष पनि शीर्ष स्थानमा छ।

विश्वभर इन्टरनेट पहुँचको निगरानी गर्ने संस्था एक्सेस नाउको रिपोर्टअनुसार सन् २०२२ मा भारतमा ८४ पटक इन्टरनेट बन्दको सामना गर्नुपरेको थियो।

भारतमा एक घण्टाका लागि पनि पूरै देशमा नेट प्रतिबन्ध लगाउँदा ४ अर्ब  ४२ करोडभन्दा बढीको नोक्सान हुने संस्थाले जनाएको छ।

सिंगो देशमा एकैपटक इन्टरनेट बन्द नहुने भए पनि बन्दको सिलसिला बढ्दै जाँदा  घाटा पनि बढ्दै जान्छ।

सन् २०१८ देखि २०२२ सम्म भारतमा कुल नेट बन्दको घटनाको संख्या १०० भन्दा कम थियो। त्यसमा पनि १४ पटक नेट बन्द २४ घण्टाभन्दा बढी भएको थियो।

आज देशमा नेट बन्द हुनुको अर्थ मोबाइल सेवा अवरुद्ध हुनु मात्र होइन। डिजिटल भुक्तानीमा आधारित अर्थतन्त्रमा, जहाँ मानिसहरूले क्यूआर कोड स्क्यान गरेर चियाको पैसा पनि तिर्छन्, नेट बन्द हुनुको अर्थ ठूलो जनसंख्याको आम्दानी रोक्नु हो।

भारतमा इन्टरनेट बन्दको डाटा राख्ने प्लाटफर्मका अनुसार Internetshutdowns.in अनुसार २०१२ देखि आजसम्म भारतमा कुल ६९७ पटक इन्टरनेट बन्द भएको छ।

२०२३ को दुई महिनामा मात्र भारतमा ७ पटक इन्टरनेट बन्द भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.