|

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि मत दिने भएको हो।

हिजो माओवादीको सुदूरपश्चिम संसदीय दलले पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेका थिए। त्यसपछि माओवादीका अध्यक्ष दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन्।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागवण्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए।

प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठक बस्ने तयारीमा छ। उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ। सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने जानकारी दिए।

माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.