|

हेटौंडा : हेटौँडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँवर्ष शुभकामना विराट ज्ञान महायज्ञअन्तर्गत २०८० वैशाख १ गतेदेखि आयोजना हुने महायज्ञको मूल आयोजक समिति गठन गरिएको छ।

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिको सभाहलमा यस क्षेत्रका धार्मिक संघसंस्थाका प्रतिनिधि, सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा भएको भेलाले धार्मिक, सामाजिक एवम् व्यवसायिक व्यक्तित्व अजेयराज सुमार्गीको अध्यक्षतामा पाँचसय ५१ सदस्यीय नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ २०८० मूल आयोजक समिति गठन गरेको हो।

हेटौंडा-१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा वैशाख १ देखि ७ गतेसम्म आयोजना हुने महायज्ञको मूल आयोजक समितिमा वरिष्ठ उपाध्यक्ष गोरक्षेश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकाल, उपाध्यक्षहरुमा हरिवंश भेटवाल, राजीव सुवेदी, राजेश वाग्ले, सीता भेटवाल, सुनिता हाडा, उर्मिला अधिकारी, शिवप्रसाद गिरी, नितु मोक्तान, महासचिवमा ह्यग्रीव आचार्य, सचिवहरुमा गणेश पराजुली, दिनेश पराजुली र किरण पौडेल, कोषाध्यक्ष सुयस पराजुली, सह-कोषाध्यक्ष मम अधिकारी, प्रकाश पराजुली चयन भएका छन्।

भेलाले महायज्ञलाई व्यवस्थापन गर्न विभिन्न उपसमितिहरू पनि गठन गरेको छ। बत्ती संकलन संयोजक राधा भट्टराई, प्रचारप्रसार संयोजक माधव न्यौपाने, झाँकी र यातायात व्यवस्थापन पवन पराजुली, बस्त्र व्यवस्थापन राजन सुवेदी, शंख व्यवस्थापन शम्भुप्रसाद भट्टराई, कलश व्यवस्थापन कुमार पौडेल, खाद्यान्न व्यवस्थापन राजेश लामिछाने, स्वयम् सेवक परिचालन प्रदीप कँडेल, भजनकीर्तन सीता बिडारी, मञ्च व्यवस्थापन विजेन्द्र अग्रवाल, यज्ञ मण्डप व्यवस्थापन नकुलबहादुर थापा, सरसफाइ दीपक वर्णवाल, खाद्यान्न भण्डारण व्यवस्थापन तेजप्रसाद आचार्य, पण्डाल व्यवस्थापन उज्वल भण्डारी छन्।

त्यसैगरी, विजय सन्थालिया र कृष्ण अधिकारी, फूलमाला व्यवस्थापन अर्जुन पुडासैनी, आर्थिक व्यवस्थापन भरत पराजुली, पूजा व्यवस्थापन गीता श्रेष्ठ, सार्वजनिक भोजन व्यवस्थापन प्रकाश ढकाल, अतिथि सत्कार विन्द्रलाल श्रेष्ठ, जुत्ताचप्पल व्यवस्थापन अरुणराज सुमार्गी र अनुगमन समितिमा राममान श्रेष्ठ, शिव खनाल र गणेश श्रेष्ठ चयन भएका छन्।

हरेक पाँच/पाँच वर्षमा आयोजना गरिँदै आएको यो महायज्ञ यसवर्ष अझै बृहत् हुने अध्यक्ष सुमार्गीले जानकारी दिए। महायज्ञमा विशेष गरी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरिने, पितृमोक्षको कामना, लक्ष्मी आराधनालगायत पूजा गरिने उनले बताए।

यसवर्ष २५ हजार नारीहरूलाई एकै प्रकारको साडी वितरणसँगै वैशाख ४ गते र्‍याली निकालिने, ६ गते दिव्य राप्तीतटमा सवा पाँच करोड दीप प्रज्वलन गरिने कार्यक्रम रहेको महासचिव ह्यग्रीव आचार्यले जानकारी दिए।

'यो महायज्ञ लिने होइन दिने हो', संयोजक सुमार्गीले आफूसँग जे छ त्यसलाई दान गरेर पुण्य आर्जन गर्ने स्थलको रूपमा महायज्ञ रहने हुँदा आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे।

उनले आगामी चैत्र १० सम्म सबै उपसमितिहरूले आफ्नो समितिमा कम्तीमा १० जना सदस्यसहित गोरक्षेश्वर क्षेत्र विकास समितिमा बृहत तयारी बैठक बसेर काम थाल्ने बताए। उनले इच्छुक भक्तजनहरुलाई आफूलाई इच्छा लागेको समितिका संयोजकलाई सम्पर्क गरेर सदस्य बसी महायज्ञमा सशरीर उपस्थित भई पुण्य आर्जन गर्न सबैलाई खुला आह्‍वानसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.