|

गौर : पछिल्लो समय रौतहटको सीमानाकाबाट रासायनिक मलको तस्करी बढेको छ। तस्करको समूहले भारत र रौतहटका विभिन्न सीमानाबाट मोटरसाइकलमा युरिया मल तस्करी गर्ने गरेको हो।

तस्करको समूहले भारतीय बजारमा सस्तो मूल्यमा खरिद गरेर ल्याई रौतहटमा चर्को मूल्यमा उक्त मल बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ। जिल्लाको रामपुर खाप, मठिया, बंकुल, औरैया बन्जरा लगायतका सीमानाकाबाट रासायनिक मलको चोरी तस्करी व्यापक रूपमा बढेको स्थानीय बासिन्दाको भनाइ छ।

आइतबार रौतहट प्रहरीले १० बोरा भारतीय युरिया मल नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त मल नियन्त्रणमा लिएको हो।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा १० वटा भारतीय युरिया मल लोड गरेर गरुडाबाट समनपुरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा मोटरसाइकल चालाकहरू मलसहित मोटरसाइकल छोडेर फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

नियन्त्रणमा लिएको मल र मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौर पठाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.