काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेल जारी छ।
पीएनजी टस हारेर अहिले ब्याटिङ गरिरहेको छ। र, पीएनजीले तीन विकेट गुमाएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेले पीएनजीको तेस्रो विकेट लिए। सेसे बाउलाई सन्दिपले आउट गरे। उनी १८ रन बनाएर पेभिलिएन फर्किएका हुन्।
त्यस अघि दोस्रो ओभरको पाँचौ बलमा किप्लिन डोरिगालाई ललित राजवंशीले आउट गरेका थिए भने अर्का ओपनर हिरि हिरि सोमपाल कामीको बलमा करन केसीले क्चाच आउट भए।
अहिले पीएनजी १८औँ औभरमा ६६ रन बनाएर खेलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।