|

काठमाडौं : उपराष्ट्रपतिमा विजयी रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ।

उपराष्ट्रपतिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिष्पर्धी रहेका नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य‚ जनमत पार्टीकी ममता झा र जसपाकी प्रमिला यादवलाई पराजित गरी विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो।

उनलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे। प्रमाणपत्र प्रदान एवं नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.