|

जुम्ला : जुम्ला बहुमुखी क्याम्पसले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।

जुम्ला खलंगामा अवस्थित जुम्ला बहुमुखी क्याम्पसमा निर्वाचनबाहेक अन्य सबै तयारी पूरा भएको हो। निर्वाचनका लागि क्याम्पस सहायक प्रमुख प्रकाशचन्द्र खत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ।

खत्रीका अनुसार सुरक्षानिकाय, निर्वाचन समिति र विद्यार्थी संगठन बसेर आचारसंहिता बनाइएको छ।

जुम्ला स्ववियू निर्वाचनमा ८ वटा विद्यार्थी संगठन भिड्दै छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू समाजवादी, नेक्राविसं, अखिल क्रान्तिकारी विप्लव ‘सी’ र स्वतन्त्र विद्यार्थी समूह रहेका छन्।

सभापतिमा ५ जना भिड्दै छन्। अखिल क्रान्तिकारी संयुक्तबाट विष्णुबहादुर भण्डारी, नेविसंघका तर्फबाट महेश हमाल, अनेरास्वयिूबाट लोकेन्द्र बुढा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीबाट हरि थापा र अखिल क्रान्तिकारी विप्लव (सी)बाट रमेश रावत विक्रान्त सभापतिका उम्मेदवार छन्।

निर्वाचन समितिका अनुसार अन्तिमसम्म परिचयपत्र लिने काम भइरहेको छ। निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.