|

संखुवासभा : संखुवासभाको बरुण क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका संखुवासभाका ४ क्याम्पसमध्ये २ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो।

बरुण बहुमुखी क्याम्पस खाँदबारी र रामेश्वर क्याम्पस माम्लिङमा स्ववियु निर्वाचन भएको थियो। जिल्लाका ४ मध्ये २ वटा क्याम्पसमा भागबण्डामार्फत स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी चयन गरिएको छ।

बरुण बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका जनक राई निर्वाचित भएका छन्। अनेरास्ववियुका विवस खत्रीलाई पराजित गर्दै नेविसंघका उम्मेदवार राई २७ मत अन्तरले विजयी भएका हुन्। नेविसंघका राईले १ सय ९६ मत ल्याएका थिए भने अनेरास्ववियुका खत्रीले १ सय ६६ मत प्राप्त गरेका छन्।

सचिवमा अखिल क्रान्तिकारीका सुभाष राई निर्वाचित भएका छन्। क्रान्तिकारीका राईले ४ मत अन्तरले विजयी भएका छन्। क्रान्तिकारीका राईले १ सय ८० मत प्राप्त गर्दा अनेरास्ववियुका कुलुङले १ सय ७६ मत पाएका छन्।

कोषाध्यक्षमा नेविसंघका जयन्ती तामाङ विजयी भएकी छन्। नेविसंघकी कोषाध्यक्ष तामाङ ६६ मत अन्तरले विजयी भएकी छन्। तामाङले २ सय ४ मत र अनेरास्ववियुकी संध्या घतानीले १ सय ६८ मत पाएकी छन्।

रामेश्वर क्याम्पस माम्लिङमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ।

रामेश्वर क्याम्पसको सभापतिमा अनेरास्ववियुका हर्क बयलकोटी निर्वाचित भएका छन्। नेविसंघका ओमबहादुर खत्रीलाई ९ अन्तरले पराजित गर्दै अनेरास्ववियुका बयलकोटी विजयी भएका छन्। सचिवमा अनेरास्ववियुका विनिता कार्की र कोषाध्यक्षमा सचिन्द्र ठटाल निर्वाचित भएका छन्।

संखुवासभा बहुमुखी क्याम्पस चैनपुर र मादी बहुमुखी क्याम्पस मादीमा भागबण्डामा पदाधिकारी चयन गरिएको छ। संखुवासभा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका आमोद कार्की र मादी क्याम्पसमा गोपाल प्रसाईं सभापति चयन भएका छन्।

सभापतिबाहेक सचिव, उपाध्यक्षलगायत अन्य पदमा नेविसंघ र अखिल क्रान्तिकारीलाई समेटेर पदाधिकारी चयन गरिएको हो । बरुण बहुमुखी क्याम्पसमा ५ सय १६ मतदातामध्ये ३ सय ६६ मत खसेको थियो भने रामेश्वर क्याम्पसमा ९४ मतदाता मध्ये ६९ मत मात्र खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.