|

बागलुङ : धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैँको चौथो दिन हजारौँ भक्तजनको घुइँचो लागेको छ। घना जंगलको बीचमा रहेको मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरपर चहलपहल बढेको छ।

हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्र नेपालकै प्रमुख शक्तिपीठ कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तजनको बिहानदेखि पूजाअर्चना गर्नेको भीड लागेको छ।

कालिका भगवती मन्दिरमा आएर पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। चैते दशैँका वेला कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौँको संख्यामा भक्तजन आउने पूजा, पाठ, पञ्चबलि, भाकल पूजा गर्छन्।

चैते दशैँमा स्थानीय उत्पादनका सामग्रीको ठूलो संख्यामा प्रवर्धन र किनबेच हुने पर्वको रूपमा समेत लिइन्छ। चैते दशैँमा बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना हुन्छ।

यो समयमा मन्दिर क्षेत्रमा चैते दशैँको मेला लाग्छ। यो मेला गण्डकी नेपालकै ठूलो र महत्त्वपूर्ण मानिन्छ। यसको धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक महत्त्व पनि छ।

मन्दिरमा वर्षको दुईपटक बडा दशैँ र चैते दशैँमा विशेष पूजा हुने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.