|

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच भोलि (सोमबार) देखि द्विपक्षीय सैन्य छलफल हुने भएको छ। सोमबारदेखि काठमाडौंमा चैत १५ गतेसम्म सेनाको केन्द्रीय कार्यालयमा छलफल गरिने नेपाली सेनाले जनाएको छ।

३ दिन चल्ने छलफल शान्ति सुरक्षा, मानवीय सहायता र विपद प्रतिक्रिया, तालिम र विषय विशेषज्ञता आदानप्रदानलगायतका विषयमा केन्द्रित हुने सेनाका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए।

छलफलमा नेपालको तर्फबाट परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका सहसचिव‚ उपसचिवसहित नेपाली सेनाका रथी तथा अधिकृतहरु गरी १४ सदस्यीय टोलीले भाग लिने छन्। नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन्।

अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुने सेनाले जनाएको छ। उनीहरु शुक्रबार र शनिबार दुई समूहमा काठमाडौंमा आइपुगेका थिए।

नेपाली र अमेरिकीसेनाबीच सन् २०१८ देखि हरेक वर्ष यस किसिमको छलफल एकअर्को मुलुकमा पालैपालो हुँदै आएको छ। गत वर्ष द्विपक्षीय सैन्य छलफल संयुक्त राज्य अमेरिकाको हवाईमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.