|

काठमाडौ‌ं : आजदेखि काठमाडौंमा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुँदैछ। 

काठमाडौं महानगरको आयोजनामा दुई दिन चल्ने सम्मेलनको विहान साढे १० बजे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटनगर्नेछन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सम्मेलनमा साढे चार सय पालिकाले सहभागी जनाउने र पाँचवटा कार्यपत्र पेश हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन। 

डंगोलका अनुसार देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने सम्मेलनको मुख्य उद्देश्य हुनेछ। 

यस्तै सम्मेलन देशभरका न्यायिक समितिले गरिरहेको काम कर्तव्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य छ। 

सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। 

दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौं घोषणापत्र जारी हुनेछ। उपप्रमुख डंगोलका अनुसार सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरुपता ल्याउने काम गर्न सहयोग पुग्ने विश्वास छ। दोस्रो दिन विवाद निरुपण काठमाडौँ घोषणा पत्र जारी गर्दै समापन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.