|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। 

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाँडै भारत भ्रमण गर्न लागेको बताएका हुन्। 

‘हामीले पोखरा र लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन गरिसकेका छौं। सञ्चालनमा ल्याउन अझै पनि केही समस्या छन्। सायद म भारत जाँदा नेपालको हवाई रुटसँग सम्बन्धित विषय र लुम्बिनीमा सहज हवाई सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठाउने तयारी गरिसकेको छु’‚ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले चीनसँग पनि हवाई सेवा विस्तारका छलफल गरिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.