|

धेरै मानिसले आफ्नो दैनिकी चियाबाटै सुरु गर्ने गर्छन्। यद्यपि आफ्नो स्वास्थ्यको बारेमा बढी चिन्तित हुनेले दूधको चियाको साटो ग्रीन टी मन पराउँछन्। 

स्वास्थ्यको हिसाबले ग्रीन टी फाइदाजनक पनि हुने गर्छ।  यसमा मुख्यतया भिटामिन ए, भिटामिन ई, भिटामिन बी ५, भिटामिन के, रिबोफ्लेभिन, थायामिन, म्यांगनीज, पोटासियम, कपर, आइरन, अक्सिडेन्ट, पोलिफेनोल जस्ता तत्त्व पाइन्छ।

यी हुन् ग्रीन टी पिउँदा हुने फाइदा–

इम्युनिटी बलियो बनाउँछ– आहारविज्ञ स्वाती बलिथलका अनुसार ग्रीन टीको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोलिकले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

तौल घटाउँछ– ग्रीन टिको दैनिक सेवनले तौल घटाउन मद्दत गर्छ। यसमा पोलिफेनोल पाइन्छ जसले शरीरको मेटाबोलिजमलाई बढाउँछ। यसबाहेक यसले शरीरमा बोसोको अक्सिडेशनलाई पनि बढावा दिन्छ। यसमा बोसो र कार्बोहाइड्रेट हुदैन जसले शरिरको तौल बढ्न दिँदैन। 

तनाव हटाउँछ– ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोल र एमिनो एसिडको मात्राले शरीरमा हर्मोन सन्तुलन र मुड ठीक गर्ने काम गर्छ। यसबाट तनावमुक्त हुन सहयोग गर्छ। दैनिक ग्रीन टी पिउनाले शारीरिक थकानका साथै मानसिक तनावबाट पनि कम गर्न सहयोग गर्छ। 

मुटुको समस्यामा फाइदा- ग्रीन टीले खराब कोलेस्ट्रोल घटाउन सहयोगी हुनुका साथै राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ। यसको नियमित सेवनले रक्तचाप नियन्त्रणमा राख्छ र हृदयाघातको जोखिम पनि कम हुन्छ।

एजेन्सी

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.