|

काठमाडौं : बेलायतले सन् २०२१ मा अफगानिस्तानमा तालिवानको शासनकालमा उद्धार गरेका नेपाली सुरक्षा गार्डको समूहलाई अहिले १९ महिनापछि स्वदेश फिर्ता पठाइएको छ।

गोर्खा भनेर चिनिने १३ नेपाली सैनिकको यो समूहले काबुलस्थित बेलायती दूतावासको सुरक्षामा काम गर्दथ्यो। यी १३ जनालाई बेलायतमा बस्ने कानुनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन्।

यी नेपाली भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ। तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे, जसलाई काबुलमा बेलायत र क्यानाडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो।

अफगानिस्तानको राजधानी काबुल अगस्ट २०२१ मा तालिवानको नियन्त्रणमा आयो। त्यसपछि राष्ट्रपति असरफ घानीको सरकार पतन भयो र उनी देश छोडेर भागेका थिए।

यस अवधिमा ब्रिटिश सेनासँग काम गरेका हजारौं अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालियो।

केही सुरक्षा गार्डहरूका वकिलहरूले गत हप्ता लन्डनको एक होटलमा छापा मार्दा उनीहरूमध्ये १० जनालाई हथकडी लगाएर लगिएको बताए। उनीहरु सबै होटलमा बस्दै त्यहाको भान्छामा काम गरिरहेका थिए।

गत हप्तादेखि उनीहरु सबैलाई हिथ्रो एयरपोर्ट र ग्याटविक वरपरको इमिग्रेसन रिमुभल सेन्टरमा राखिएको छ। यी सबैलाई वैशाख ६ गते देश बाहिर पठाइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.