|

काठमाडौं : पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया छनोटको पहिलो चरणको नेपाल र भियतनामबीच जारी पहिलो खेलमा भियतनामले गोल गरी अग्रता लिएको छ। ​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी हुन्।

सन् २०२३ को महिला विश्वकप खेल्ने भियतनाम फिफा वरीयतामा ३३ औं स्थानमा रहेको छ भने नेपाल १०० औं स्थानमा रहेको छ।

पछिलो चरणको छनोटको समूह सीमा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेका हुन्। नेपालले भियतनामसँग शनिबार दोस्रो खेल खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.