|

काठमाडौं : पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया छनोटको पहिलो चरणको नेपाल र भियतनामबीच बुधबार भएको खेलमा ५-१ गोलले भियतनाम विजयी भएको छ। ​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ११ औं मिनेटमा नै भियतनाम गोल गर्दै अग्रता लिएको थियो। मध्यान्तरअघि नै ३ गोल गरेको भियतनामले दोस्रो हाफमा २ गोल गरेको थियो। 

पाहुना टोली भियतनामका लागि कप्तान ह्युन नुले २‚ फाम हाई यव र थि थान नहाले १/१ गोल गरे। नेपालकी अमृता जैशीले आत्मघाती गोल गर्न पुग्दा भियतनामको ५ गोल भएको थियो।

घरेलु समर्थकका लागि फिफा वरीयताको एक सयौं स्थानमा रहेको नेपालका तर्फबाट एकमात्र सान्त्वना गोल सावित्रा ‘साम्बा’ भण्डारीले गरिन्।

भियतनाम सन् २०२३ को महिला विश्वकप खेल्ने टोली हो।

पछिलो चरणको छनोटको समूह सी मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका हुन्। नेपालले भियतनामसँग शनिबार दोस्रो खेल खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.