|

गौर :  जिल्ला सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ।

स्रोतका अनुसार पक्राउ पर्नेमा घुमुवाको रूपमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार हुन्।

जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले आइतवार दिउँसो उक्त होटेलमा छापा मारेको थियो। प्रहरीले छापा मारेर दुईजना पुरुष,  दुईजना महिला सहित सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

यौनधन्दा आरोपमा दुई महिला, दुई पुरुष तथा होटेलकी सञ्चालिका हिरासतमा रहेको र अनुसन्धानपछि यथार्थ जानकारी दिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुई दिनअघि गौर नपा-१ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिबा ब्यूटीपार्लरको आडमा यौन धन्दामा संलग्न एक महिला‚ एक पुरुष र ब्यूटीपार्लर सञ्चालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.