|
फोटोः nepaliheadlines.com

काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू मातहतका दुई कार्यालयमा मंगलबार छड्के अनुगमन गरेका छन्। आइजीपी आर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र लागूऔषध नियन्त्रण ब्युरोमा छड्के अनुगमन गरेका हुन्।

बिना जानकारी महानिरीक्षक अर्याल महाराजगञ्जस्थित सीआइबी कार्यालयमा देखिएपछि प्रहरी अधिकृतहरु आत्तिँदै उनको स्वागतमा जुटेका थिए। 

आइजीपी अर्याल अनौपचारिक रुपमा सीआइबी पुगे पनि  सीआइबी निर्देशक नवराज सिलवालले तुरुन्तै औपचारिक जस्तै कार्यक्रम गरे। कार्यक्रम त गरे तर डिआइजी सिलवालले उल्टै खप्की खान पर्‍यो। नक्कली डाक्टर समात्ने बाहेकका अन्य कुनै काम गर्न नसकेको भन्दै आइजीपी अर्यालले सिआइबीको आलोचना गरे। ‘पुरानो पाराले होइन, नयाँ अनुसन्धान गर्नुपर्‍यो, नाम अनुसारको काम भएन’, नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले आइजीपी अर्याललाई उद्‍धृत गरे। 

मंगलबार दिउसो साढे एक बजे सीआइबी पुगेका आइजीपी अर्याल तीन बजे त्यहाँबाट निस्किएर सिधै लागूऔषध नियन्त्रण ब्युरो पुगेका थिए।

उनलाई ब्युरोका निर्देशक डिआइजी जयबहादुर चन्दलगायतका अधिकृतले स्वागत गरेका थिए। सिआइबीमा आइजीपी अर्याल पुगेको थाहा पाएका चन्दले 'यहाँ पनि आउन सक्ने' भन्दै सर्तक अवस्थामा रहन निर्देशन दिएको एक प्रहरी अधिकृतले बताए। ब्युरोमा साँझ साढे सात बजेसम्म बसेका आइजी अर्यालले त्यहाँ पनि निर्देशन दिए। 

पछिल्लो समय लागूऔषध कोकिन बरामद र औषधीको आडमा भएको लागूऔषधको सञ्जाल पत्ता लगाएको काममा ब्युरोको प्रशंसा गरेका थिए। उनले अझै नेपाल प्रहरीले 'धेरै काम गर्न बाँकी भएकोले कर्मचारीको मनोबल बढाएर स्याब्बास् भन्ने काम गर्नुपर्ने' मा जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.