|
रोयर्टस

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)  र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ। 

विश्वका विभिन्न  देशहरूले पनि सुडानमा रहेका आफ्ना नागरिकलाई आफ्ना विवरण आ–आफ्नो मुलुकका राजदूतावासमा बुझाउन आग्रह गरेका छन्। अमेरिकाले आफ्ना नागरिकलाई सम्पर्क विवरणसहितका सूचना दूतावासमा बुझाउन, घरबाट बाहिर ननिस्कन तथा झ्याल नजिक पनि नजान सुझाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.