|

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।

उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।

लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालिएको छ।

कुहिने र नकुहिने दुई थरिका फोहोरलाई छुट्टाछुट्टै किसिमले व्‍यवस्थापन गरिन थालेको हो। कुहिने फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ भने नकुहिने फोहोरलाई छनोट गरेर बाहिर पठाउने काम भइरहेको छ।

बिहीबार सिंहदरबार परिसर पुग्दा त्यहाँ कुहिने फोहोर खाल्डो खनेर व्यवस्थापन गरिँदै थियो भने नकुहिने फोहोर छुट्याइँदै थियो।

केही तस्वीर झलक :​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.