|

विराटनगर : मोरङको दक्षिण भेगमा रहेको पर्यटकीय स्थल ‘कमल पोखरी’ बजेट अभावका कारण अलपत्र भएको छ। सुनवर्षी नगरपालिका–१, स्थित केचना शुक्रवारेमा रहेको कमल पोखरीको सौन्दर्यीकरणका लागि बजेट अभाव हुँदा अलपत्र परेको हो।

७ बिघा ६ कट्ठा १७ धुर क्षेत्रफलमा फैलिएको उक्त पोखरी अहिले हरियो चौर भएको छ। किराँतीहरूको साकेला थान, साथै विभिन्न आस्था बोकेको धार्मिक स्थललाई पृष्ठभूमि बनाएर फाँटमा फैलिएर रहेको पोखरी पर्यटकीय क्षेत्रका लागि सम्भावना बोकेको ठाउँ हो।

पानी हुँदा पोखरीमा विभिन्न प्रजातिका जलचर तथा उभयचर चराचुरुंगीको वासस्थान हुन्थ्यो भने भ्रमण तथा अवलोकनका लागि विभिन्न ठाउँबाट पर्यटन आउने गरेको स्थानीय बासिन्दा बताउँछन्। मोरङको पथरी बजारदेखि करिब १३ किलोमिटरको दूरीमा रहेको कमल पोखरीको उचित व्यवस्थापन गर्न सके आन्तरिक पर्यटनका लागि धेरै सम्भावना हुने  स्थानीय बासिन्दाको भनाइ छ।

पोखरीको सौन्दर्यीकरणका लागि पोखरीको पानी सुकाइएको सुनवर्षी नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर राईले जानकारी दिए। अघिल्लो वर्ष नै पूर्व पर्यटनमन्त्री प्रेम आलेको कार्यकालमा उक्त क्षेत्रको स्तरोन्नतिका लािग ८० लाख बजेट विनियोजन भएको भनिए पनि तर कोभिडका कारण बजेट कटौती भएको थियो।

उक्त पोखरीमा डुंगा चलाउने पनि पोखरीको गहिराइ नभएको र थप माटो निकाल्नुपर्ने सुझाव दिनुका साथै माछापालन गर्न पनि नयाँ माटोको आवश्यक पने भनाइ आएकाले पोखरीको पानी सुकाइएको राईको भनाइ थियो।

‘पोखरीका लागि मन्त्रीले बजेट हालेको भन्ने आएको थियो, त्यसैअनुसार नगरपालिकामा बुझ्दा पनि बजेट आएको भन्ने थियो’, उनले भने, ‘पछि बुझ्दा कोभिडले बजेट कटौती भयो भन्ने आयो।’ आफ्नो मातहतमा भएको थोरै बजेटले काम अघि बढाउँदै गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.