नुवाकोटमा २ सय ३ म्यादीले दिए राजीनामा

|

नुवाकोट : स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन्। सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन्।

स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न चाहनेको राजीनामा स्वीकृत गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

वैशाख ३१ को निर्वाचनलाई लक्षित गरी नुवाकोटमा ७ सय ७२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। पहिलो चरणमा यही जेठ १७ गतेसम्म दिएको नियुक्त पूरा भएकाले निर्वाचन सुरक्षापछि समसामयिक सुरक्षा व्यवस्था मजबुद बनाउन प्रहरीलाई सहयोग पुर्‍याउन म्यादीलाई परिचालन गरिएको छ।

म्यादीलाई नेपाल प्रहरीको जवानसरहको सुविधा उपलब्ध गराए पनि उनीहरुलाई प्रहरीको सहयोगी मात्र रहने जिम्मेवारी दिइएको छ। बाँकी रहेको प्रदेशमा स्थानीय तह निर्वाचन गराउन नुवाकोटबाट प्रहरी निरीक्षकसहित १ सय ५३ जना प्रहरी अन्यत्र गएकाले म्यादी प्रहरीको परिचालन सुरक्षा व्यवस्था सतर्कताका लागि बाध्यता बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.