|

काठमाडौं : दैलेखको आठविस नगरपालिका–६ को माल्या जंगलमा भएको आगलागीमा परि घाइते मध्ये एक जनाको मृत्यु भएको छ।

आज विहान ७ बजे आठविस नगरपालिका–६ का ४२ वर्षीय भिमबहादुर बिकको मृत्यु भएको भेरी अस्पतालका सूचना अधिकारी डाक्टर संकेतकुमार रिसालले जानकारी दिए। 

आगलागीमा जलेर घाइते भएका १० जनालाई दैलेखबाट बुधबार नेपालगञ्ज ल्याइएको थियो। अस्पतामा उपचारका लागि पुगेका उनीहरुलाई करिब आधा घण्टा बाहिर नै राखिएको थियो।

घाइते मध्ये चार जनाको भेरी अस्पताल र चार जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो। आगलागी हुँदा ८५ प्रतिशत जलेका उनको उपचारका क्रममा भेरी अस्पतालमा आज बिहान मृत्यु भएको रिसालको भनाइ छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि गोरेटो बाटो निर्माणका लागि गएका उनीहरु आगोमा परेर गम्भीर घाइते भएका थिए।  माथि सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीबेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा आएपछि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनीहरुलाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.