|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ। 

बिहान ११ बजे धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा सुरु हुने बैठकमा पार्टीको आगामी रणनीति र कार्यदिशाबारे छलफल हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए। 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको आगामी कार्यनीति तथा कार्यदिशा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको पार्टीको रणनीतिबारेको प्रतिवेदनमा छलफल हुने भएको छ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधि लगायतको केन्द्रीय सदस्यहरुले रिपोर्टिङ गर्नेछन्। तीन दिनसम्म चल्ने बैठक जेठ ३ गते सम्पन्न हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.