|

काठमाडौं : जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। 

४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ।  दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.