|

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू जुनसुकै वेला गिरफ्तार हुनसक्ने बताएका छन्।

लाहोरको जमान पार्कमा रहेको आफ्नो घरबाहिर रहेको तनावपूर्ण वातावरणको भिडियो ट्वीट गर्दै उनले आफूलाई जति बेला जे पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

खानले देशको सरकार सबैभन्दा ठूलो पार्टी र सेनासँग भिडिरहेको भन्दै आपत्ति जनाए। उनले सरकार आफ्नो पार्टी र सेनासँग भिड्न चाहेको हो भने पाकिस्तान विनाशको बाटोमा जाने टिप्पणी गरे। 

खानले आफू प्रधानमन्त्री हुँदा पनि कुनै पनि सेना अधिकारी विरुद्ध केही पनि नगरेको उल्लेख गरे। पाकिस्तानका अन्य सबै संस्था ध्वस्त भएको र अब सरकार सबैभन्दा बलियो संस्था ध्वस्त पार्न लागिपरेको उनको आरोप छ। 

भारत र इजरायल जस्ता देशले पाकिस्तानको सेनाविरुद्ध अभियान चलाएको आरोप लगाउँदै खानले पूर्व प्रधानमन्त्री नवाज शरीफले इजरायल र भारतीय लबीलाई आफूसँग एकजुट गर्न चाहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.