|

काठमाडौं : सोमबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

मौसम बदली रहेको काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले सचेत रहनुपर्ने उनले बताए।

स्थानीय वायु र पश्चिमी वायुका कारण मंगलबारदेखि पानी बढी स्थान र परिमाणमा पर्ने विभागले जनाएको छ। मंगलबार र बुधबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.