|

काठमाडौं : मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। मंगलबार बसेको संसदीय दलको बैठकले जनता समाजवादी पार्टीले नेतृत्व गरेको सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सरकारबाट बाहिरिने निर्णय भएको जानकारी दिए। मुख्यमन्त्री सरोज कुमार यादव एकलौटी रूपमा हिँडेको आरोप लगाउँदै माओवादी केन्द्रले सरकार छोडेको हो। मन्त्रालयमा असन्तुष्टि जनाउँदै माओवादीले सरकार छोडेको हो।

केन्द्रमा माओवादीलाई दुईवटा मन्त्रालय दिने सहमति भए पिन अहिले एउटै मन्त्रालय दिने भएपछि सरकार छोडेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.