|

काठमाडौं : नेपाल एयरलाइन्सको विमानमा चरा ठोकिएको आशंका गरिएको छ।

काठमाडौंबाट भारतको बैंगलोरका लागि उडेको नेपाल एयरको आरए २२५ विमानमा चरा ठोकिएको आंशकापछि अवतरण गराइएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमानमा चरा ठोकिएको आशंकामा विमानलाई सकुशल अवतरण गराइएको जानकारी दिए। 

विमान अवतरण भएसँगै प्राविधिक टोलीले परीक्षण गरिरहेको उनले बताए। १५६ जना यात्रु बोकेको उक्त विमान उडेको २५ मिनेटमा नै फर्काइएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.