|

काठमाडौं : देशभर तापक्रम बढ्ने क्रममा छ। मौसमविद् रोजन लामिछानेका अनुसार तापक्रम बढ्ने क्रम आइतबार पनि रहनेछ।

शनिबारे तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्यिसमाथि मापन भएको थियो। सबैभन्दा बढी विराटनगरमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यस्तै भैरहवामा ४०.५ र बाराको सिमरामा अधिकतम तापक्रम ४०.७ डिग्री सेल्सियस थियो। 

काठमाडौं उपत्यकामा ३२ डिग्री सेल्सियस मापन भएकोमा आज ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।

बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली छ। बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ। पहाडी भू–भागको एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.