|
फाइल

पाकिस्तानस्थित् खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।  एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतंककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ, 'पाकिस्तानका सुरक्षा बलहरू आतंकवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ।'

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतंककारीलाई मारेको बताएको थियो।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतंकवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो।

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ) मा दुई आतंककारीलाई गोली हानी मारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.