|

काठमाडौं : सरकारले विद्धुतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा आगामी आर्थिक वर्षको बजेट भाषणमा उल्लेख गरेको विषयलाई बीवाइडीको नेपालस्थित आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको जनाएको छ।

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्ने गरेको साइमेक्स इंकले समाज र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएको जनाएको छ। भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न प्रतिबद्ध रहेको साइमेक्स इंकले जनाएको छ। 

विद्धुतीय सवारीसाधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न निरन्तर लागि रहेको पनि साइमेक्सले उल्लेख गरेको छ।

सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कैयौँ तरिका रहेको र पावर ब्याकअप गर्नेदेखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेर बसेको साइमेक्सको दावी छ। 

साइमेक्स हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेकाले व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ्ग साइटबाट नेपाललाई बचाउने भन्दै साइमेक्सले सम्पूर्ण ग्राहकलाई ढुक्क भएर बीवाइडीका उत्पादन प्रयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.