काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो भारत भ्रमणमा उठेका विषयको जवाफ दिने भएका छन्।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको शुरूमै प्रचण्डले भारत भ्रमणका क्रममा आएका विवादित विषयबारे जवाफ दिने सभामुखको सचिवालयले जनाएको छ।
साथै उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक लगायतबारे पनि जवाफ दिने भएका छन्। यही विषयलाई लिएर प्रतिपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक चल्न दिएका छैनन्।
यता सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्। सभामुखले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभामा रहेका प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।