|

मुम्बईमा श्रद्धा वाल्कर हत्या प्रकरण जस्तो घटना बाहिर आएको छ। मुम्बईको मीरा रोड इलाकामा ३२ वर्षीया महिलाको ५६ वर्षीय लिभ इन पार्टनरले हत्या गरी शव आराले काटेका छन्।  उनले ती टुक्रालाई कुकरमा उमालेर कुकुरलाई खुवाएको बताइएको छ।

 दुवैबीच झगडा भएको बताइएको छ। त्यसपछि आरोपीले रिसाएर हत्या गरेका थिए।

अभियुक्तको नाम मनोज साहनी हो। उनी विगत ३ वर्षदेखि मीरा रोड क्षेत्रस्थित आकाशगंगा भवनको सातौं तल्लामा सरस्वती वैद्य नामकी महिलासँग भाडामा लिएर बस्दै आएका थिए। फ्ल्याटबाट दुर्गन्ध आएपछि भवनका बासिन्दाले बुधबार प्रहरीलाई खबर गरेपछि प्रहरी अनुसन्धानका लागि यहाँ पुगेको थियो।

प्रहरीका अनुसार शवका केही भाग कुकुरलाई खुवाएको प्रहरीको आशंका छ। आरोपितले विगत दुई–तीन दिनदेखि कुकुरलाई खुवाउँदै गरेको स्थानीयले बताएका छन्।

आरोपितले यसअघि कहिल्यै यस्तो गरेको नदेखेको उनीहरूले बताए। प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलमा पुग्दा फ्ल्याटमा महिलाको शवका टुक्रा भेटिएको डिसीपी जयत बजबलेले बताए । ‘यी टुक्राहरू सडेका थिए, जसलाई हेरेर तीन–चार दिनअघि हत्या भएको अनुमान गरेका छौं। हत्याको मिति भने खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानले महिलाको निर्ममतापूर्वक हत्या भएको खुलेको छ’, उनले भने।

यस्तै क्रुर हत्या भारतमा बढ्दै गएका छन्। यसअघी हैदरावादमा भएको थियो। आफ्नी प्रेमिकाको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार ती व्यक्तिले दुईवटा ढुङ्गा काट्ने मेसिन किनेको र शवलाई  टुक्रा-टुक्रा पारेर पोलिथिनमा हालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.